सुस्तभयाे पुनर्निर्माणकाे कामः पूर्व राष्ट्रपति

Deep-Prajwaln_Rambaran_yadav_Council_santosh_Pandeललितपुरः पूर्व राष्ट्रपति डा. रामवरण यादवले सरकारको काम गराइ ढिलो भएको गुनासो गरेका छन् । आइतबार ललितपुरको बुङमतिमा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालको आयोजनामा २०७२ वैशाख १२ को भूकम्पमा परेर दिवंगत भएकाहरुको सम्झनामा मृत आत्माको चीर शान्तिको कामना सहित दीप प्रज्वलन कार्यक्रममा पूर्व राष्ट्रपति यादवले भूकम्प गएको एक वर्ष भईसक्दा पनि राहत तथा पुननिर्माणको काम अत्यन्त सुस्त ढङगले बढेकोमा गुनासो गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित उनले दीप प्रज्वलन पछिसरकारलाई चाँडो भन्दा चाँडो राहत तथा पुनर्निर्माणको काममा लाग्न सुझाव दिए । बुङ्ममति पर्यटकीय र ऐतिहासिकताको हिसाबमा अगाडि रहेकाले यसको पुनर्निर्माणलाई सोही अनुसारले अगाडि बढाउनुपर्नेमा समेत पूर्व राष्ट्रपति यादवले जोड दिए । अबको पुनर्निर्माणमा स्थानीय जनताको आयआर्जनका स्रोतहरुलाई बढवा दिने गरी समग्रतालाई सोचेर अगाडि बढ्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्य बहादुर थापाले बुङमतिमा ०७२ वैशाख १२ कोे विनासकारी भूकम्पछि काउन्सिलले सञ्चालन गरिरहेको कार्यक्रमका बारे जानकारी दिएका थिए । उनले बुङमतिमा संस्थाले भूकम्प पश्चात डिसिएको सहयोगमा खानेपानी तथा शौचालय निर्माण, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन, मनोसामाजिक परामर्श, जिवीकोपार्जन लगायत अन्य क्षेत्रमा काम गर्दै आइरहेको बताए ।

सरकारले जिम्मेवार भएर काम नगरुञ्जेलसम्म भूकम्प पछिको पुननिर्माण चुस्त गतिमा अगाडि बढ्न नसक्ने बताए । थापाले पुननिर्माणको महाअभियानमा स्थानीय सरकार पनि जिम्मेवार भएर अगाडि आउनुपर्ने धारणा राखे । विनाशकारी भूकम्प गएको वर्ष दिन पारेर दिवंगतको सम्झनामा गरिएको दीप प्रज्ज्वलनमा बालिएका बत्तीहरु बुङमति वृद्ध आश्रम रहेका वृद्धाहरुले बनाएका थिए ।

– Published in: Naya Page