फ्रेन्ड्स सर्भिस काउन्सिलद्वारा जनचेतना सम्पन्न

fscकाठमाडौँः महालक्ष्मी नगरपालिका र फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालको संयुक्त आयोजनामा शनिबार महालक्ष्मी नगरपालिकाको लुभुमा ‘श्रद्धान्जली तथा स्मृती सभा र विपद जोखिम न्यूनिकरणका लागि जनचेतना कार्यक्रम’ गरिएको छ । गत वैशाख वैशाख १२ को विनाशकारी भूकम्पमा परी दिवंगत भएकाको सम्झना र चीर शान्तीका लागि कार्यक्रम गरिएको बताइएको छ ।

भूकम्पले पारेको असर र प्रभावितहरुका लागि फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल र अन्य संघ संस्थाहरुले सञ्चालन गरेका तत्काल राहत तथा पुनर्लाभका बारे जानकारी गराइएको थियो । भूकम्प प्रभावित जनताहरुको समस्यालाई उजागर गरेर समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गराउनु मुख्य उदेश्य रहेको काउन्सिल नेपालका अध्यक्ष सूर्य बहादुर थापाले बताए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिका भित्रका टोल सुधार समिति, सहकारी संस्था, महिला समूह, कलेज, विद्यालयहरु, निजी क्षेत्र, विभिन्न सामाजिक संघ संस्था तथा गुठीहरुको समेत सक्रिय सहभागितामा विपद जोखिम न्यूनिकरणका लागि जनचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रम पश्चात सडक नाटक तथा गीतहरु मार्फत उपस्थितहरुलाई विपद जोखिम न्यूनिकरण सम्बन्धी सचेत गराइएको थियो ।

कार्यक्रममा भूकम्प प्रभावितहरु मध्ये संकटासन्न अवस्थामा रहेका भूकम्प प्रभावितहरुले आफ्नो दुख, पीडा समेत प्रस्तुत गरेका थिए । सोही अवसरमा महालक्ष्मी नगरपालिका भित्रका अतिसंकटासन्न अवस्थामा रहेका ५ जना व्याक्तिहरुलार्ई डिसिए–एफएससिएन संस्थाहरुको तर्पmबाट सहयोग स्वरुप जनही दश हजारका दरले रकम वितरण गरिएको थियो ।

ललितपुर जिल्लाका लामाटार, लुभु, टिकाथली, सिद्धपुर र ईमाडोल गा.वि.स.लाई एकीकृत गरेर महालक्ष्मी नगरपालिका वि. स. २०७१ साल मंसिर १६ गते घोषण भएको हो । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यस पछि गएका पराकम्पनहरुका कारण देशमा ठूलो मात्रामा जनधनको क्षति हुन पुग्यो । उक्त महाभूकम्पका कारण प्रभावित भएका परिवारहरुलाई तत्काल राहत सहयोग पुर्याउने गरी ललितपुर र भक्तपुर जिल्लाका विभिन्न स्थानहरुमा फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालले तत्काल राहत तथा पुनर्लाभको कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका भित्र लामाटारमा ६, लुभुमा ५, सिद्धिपुरमा ११ र इमाडोलमा ६ गरेर जम्मा २८ जनाले ज्यान गुमाएका थिए । यसै गरी नगरपालिका भित्र ८सय ४४ घरहरु आंशिक क्षति तथा ४हजार ४ सय ८१ पूर्ण रुपमा क्षति भएको थियो । भूकम्प पश्चात फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल द्वारा तत्काल खाद्यान्न तथा जेष्ठ नागरिकहरुको लागि नगद सहयोग प्रदान गरिएको थियो ।

महालक्ष्मी नगरपालिका भित्र आवास निर्माणका लागि १ हजार ९ सय २४ घर परिवारलाई प्रति परिवार दश हजारका दरले रकम वितरण गरिएको छ । पाँच वटा विद्यालयमा शैचालय निर्माण तथा सरसफाइको लागि पानीको व्यवस्था, ४ सय ४६ घरपरिवारमा शैचालय निर्माणका लागि सहयोग, स्वच्छता सामग्री वितरण, ३१७ घरपरिवारलाई जाडोको लागि न्यानो कपडा वितरण, दुईसय घरपरिवारलाई जीविकोपार्जनका लागि सीप तथा तेह्र हजारका दरले नगद सहयोग गरिएको छ ।

यस्तै सरसफाइ तथा स्वच्छता सम्बन्धी जनचेतना, विपद जोखिम न्यूनिकरण, सुरक्षित आवास र बलियो घर निर्माणका लागि सचेतना अभियान, समुदायमा आधारित मनोसामाजिक सहयोग कार्यक्रमहरु संचालन गर्दै आइरहेको फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका सन्तोष पाण्डेले जानकारी दिए । कार्यक्रम पूर्व मन्त्री एवम् सभासद सिद्धिलाल सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता महालक्ष्मी नगरपालिकाका प्रमुख एवं कार्यकारी अधिकृत श्रीकृष्णप्रसाद सापकोटाले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै कार्यक्रमका सहसंयोजक एंवम फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सूर्य बहादुर थापाले महालक्ष्मी नगरपालिका भित्र भूकम्पको कारण भएको क्षतिको वस्तु स्थितीको चित्रण तथा पुर्ननिर्माणका लागि आव्हान गरे । उनले विपद जोखिम न्यूनिकरण सम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु नै यस कार्यक्रमको प्रमुख उदेश्य रहेको समेत प्रष्ट पारे ।

Published in : <a href=”http://www.nayapage.com/76508#sthash.bHFbhjtZ.dpuf” target=”_blank”>NayaPage</a>