सूचना प्रकाशन मिति :२०७६।९।१९
फ्रेन्ड्स सर्भिस काउन्सिल नेपाल (FSCN) ललितपुरले यूरोपियन यूनियनको आर्थिक सहयोगमा सयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (UNDP) मार्फत “ नेपालको शहरी क्षेत्रको बहुप्रकोप जोखिमको न्यूनीकरण तथा आकस्मिक प्रतिकार्य क्षमता अभिबृद्धि परियोजना ” का लागि कर्मचारीहरु आवश्यक भएकोले योग्यता पुगेका इस्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा आइपुग्ने गरी दरखास्त आह्वान गरिन्छ । परियोजना अवधि १५ देखि १८ महिना सम्म रहने छ ।
१. परियोजना सहयोग अधिकृत – १ जना |
योग्यता :
मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि बिषयमा स्तानक तह उर्तिण गरी परियोजनासंग मिल्दो र समुदायमा आधारित विकासका कार्यक्रममा ५ बर्षको कामको अनुभव भएको तथा स्थानीय निकायको संचरना तथा कार्य संचालन तौर तरिकाबारे जानकार रहेको, तथ्यांक संकलन र ब्यबस्थापन सम्बन्धी ज्ञान र सीप भएको । |
भूमिका तथा जिम्मेवारी
· महानगरका सम्बन्धीत वडाहरुमा उल्लेखित आयोजनाको विस्तृत क्रियाकलाप तयारी तथा कार्यान्वयन गर्नका लागि महानगरपालिकामा रहेका UNDP का प्राविधीक अधिकृतलाई सहयोग गर्ने । · परियोजना सञ्चालनका समयमा कार्यान्वयन, अनुगमन, तथ्याङ्क व्यवस्थापन र प्रतिवेदन लेखनमा प्राविधीक अधिकृतलाई सहयोग गर्ने । · परियोजना स्तरका कार्यक्रम अनुगमनका लागि दातृ निकाय तथा सरोकारवालाहरुलाई सहजिकरणका लागि सहयोग गर्ने । · ललितपुर महानगरपालिकामा रहेका प्राविधीक अधिकृतसंगको समन्वय र सहकार्यमा कार्य गर्ने । · वडा कार्यालयहरु र सम्बन्धीत सरोकारवालाहरुसंग समन्वय र सहकार्य गर्न सहयोग गर्ने । · संस्थाको निती नियम भित्र रहि संस्थाको हित र विकासको कार्यमा योगदान पु¥याउने । |
२. सामाजिक विकास कार्यकर्ता –२ जना |
योग्यता :
· मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै पनि बिषयमा स्तानक तह उर्तिण, जिल्लाको स्थानीय र सामाजिक विकास सहजकर्ताको रुपमा ३ बर्ष काम गरेको अनुभव हुनुका साथै योजना कार्यन्वयन तथा प्रगति प्रतिवेदन लेखन सीप भएको, परियोजना सम्बृद निकायसंग स्पष्ट रुपमा संचार गर्न सक्ने । भूमिका तथा जिम्मेवारी : · महानगरपालिकामा रहेका UNDP का प्राविधीक अधिकृतसंगको समन्वय, सहकार्यमा र परियोजना सहयोग अधिकृतको मातहतमा रही परियोजना सम्बन्धी क्रियाकलापहरु सरोकारवाला व्यक्ति एवं निकायसंगको सम्पर्क, समन्वय तथा सहकार्यमा सञ्चालन गर्ने । · महानगरपालिकाका वडा तथा समुदायमा वैठक तथा भेलाहरु आयोना गर्न सहयोग गर्ने । · शहरी जोखिममा परेका समुदायहरुको जोखिम व्यवस्थापनका तौर तरिकाहरुबारे जानकारी दिन सहयोग गर्ने । |
३. तथ्यांक संकलनकर्ता – केही |
· मान्यता प्राप्त शिक्षण संस्थाबाट न्यूनतम १२ कक्षा उतिर्ण गरी समुदायमा गणकको कार्य गरेको अनुभवी नेपाली नागरिक । मोबाइलमा आधारित तथ्यांक सङ्कलन कार्य गरेको लाई ग्राह्यता दिइने छ र यो पद छोटो अबधीका लागि मात्र कायम रहने छ । |
कार्यक्षेत्र : ललितपुर महानगरपालिका वडा नं १६ र वडा नं १९
आवेदन दिने ठेगाना : [email protected]
आवश्यक कागजात : निवेदन पत्र, साथै आफ्नो व्यक्तिगत विवरण (Curriculum Vitae), सम्बन्धित तालिम प्रमाणपत्रका प्रतिलिपि तथा अनुभवको प्रमाणपत्रका प्रतिलिपि ।
तलब सुविधा : परियोजनको नियमानुसार ।
प्राथमिकता : स्थानीय, दलित, जनजाति तथा महिला अनुभवीलाई प्राथमिकता दिइनेछ ।
नोट : रीत नपुगेका र समयमा प्राप्त नभएका निवेदन मान्य हुने छैनन् र कर्मचारी छनोट प्रक्रियामा कुनै पनि टेलिफोन कल स्वीकार्य हुनेछैन र प्राथमिक चरणमा छनौट भएकालाई मात्र लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परिक्षामा समावेश गरिनेछ ।